आपूर्ति विभागका नायब सुब्बा र लेखापढी व्यावसायी अतिरिक्त रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौं : काठमाडौंको बबरमहलस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढी व्यावसायी रामबाबु दाहाल आठ हजार रूपैयाँ अतिरिक्त रकमसहित पक्राउ परेका छन्।
शेयर पूँजी बढाउनको प्रमाण पत्र लिन आएका सेवाग्राहीसँग अतिरिक्त रकम लिएको आरोपमा उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।
सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले रकमसहित दुवै जनालाई नियन्त्रण लिएको प्रवक्ता नारायणप्रसाद रिसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
फागुन ३, २०७७ सोमबार २१:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।