‘संसद् पुनःस्थापना नभए वैशाख १८ पछि मुलुकमा संवैधानिक संकट’
काठमाडौं : संसद् विघटन मुद्दामा अधिवक्ता टीकाराम भट्टराईले संसद् पुनःस्थापना नभए वैखाख १८ पछि मुलुकमा संवैधानिक संकट आउने दाबी गरेका छन्।
सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी मुद्दामा रिट निवेदक तर्फको जवाफी बहस गर्दै उनले संसद्बाटै सम्पूर्ण समस्याको समाधान हुने दाबी गरेका हुन्।
‘चुनाव पनि हुन नसक्ने अवस्था आयो भने वैशाख १८ पछि संविधान समाप्त हुन्छ,’ उनले भने, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ठप्प हुन्छ। निरन्तर कार्य सञ्चालन गर्नका लागि पनि पुनःस्थापनाको विकल्प छैन।’
प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राउन्डबाहिर गएर गोल गरेको उनले बताए। ‘हिम्मत छ भने ग्राउन्डमा आएर गोल गर भनेर अदालतले ट्रयाकमा ल्याओस्,’ उनले भने।
फागुन ३, २०७७ सोमबार १६:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।