हस्तक्षेप र धम्क्याउने काम बन्द गर्न डाक्टर केसीको माग
उनले आयोगका पदाधिकारीमाथि हिंसा गर्ने अपराधीलाई तत्काल कारबाही पनि माग गरेका छन्।
डाक्टर केसीले विज्ञप्ति निकालेर स्वास्थ्य मन्त्रालयले गर्दै आएको आयोगको कार्य सम्पादनमाथिको नाजायज हस्तक्षेप तत्काल बन्द गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्।
डाक्टर केसीले पछिल्लो समय सत्ता नजिकका मेडिकल माफियाहरूले आपराधिक व्यक्तिहरूलाई प्रयोग गरेर आयोगका पदाधिकारीहरूलाई धम्काउने तथा घरअगाडि बम राख्नेसम्मका कुकर्म गरेको आरोप लगाएका छन्।
विज्ञप्तिमा मेडिकल माफियाका आपराधिक स्वार्थ र स्वास्थ्य मन्त्रालयको अवरोधका कारण आयोगको कार्य सम्पादन प्रभावित भएको उल्लेख छ।
फागुन ३, २०७७ सोमबार १२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।