राष्ट्रिय राजनीतिलाई अस्थिरतामा जान नदिन संसद् विघटन : प्रधानमन्त्री
३ बर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अँध्यारो कुनाको षडयन्त्रबाट राष्ट्रिय राजनीतिलाई जोगाउन चुनावको घोषणा गरेको जिकिर गरे।
ओलीले स्वस्थ ढङ्गले सरकार र पाटी चलाउन गरेको प्रयास आफ्नै गठबन्धनको समूहले सफल हुन नदिएको उल्लेख गरे। ‘मेरो विरुद्ध संसदीय दलमा उजुरी परेको छैन, प्रधानमन्त्री ओलीले भने, पार्टीमा पनि संसदीय दलको नेता परिवर्तन गर्ने कुरा उठेको छैन।’
संसद् विघटन विरुद्ध लागेका नारा प्रति प्रधानमन्त्री ओलीले आपत्ति समेत जनाए। जनादेशका लागि जाँदा प्रतिगमन हुन्छ भने एक दुई बर्षपछि हुने चुनाव पनि प्रतिगमन हुने प्रधानमन्त्री ओलीले बताए।
फागुन ३, २०७७ सोमबार ११:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।