पत्रकार कार्की र पन्तलाई खोजी पत्रकारिता पुरस्कार
इन्जाका अनुसार एक लाख रुपैयाँ राशिको सो पुरस्कार पत्रकार कार्की र पन्तलाई संयुक्त रूपमा प्रदान गर्न लागिएको हो।
पत्रकार कार्कीले नेपाल प्रहरीमा लत्ताकपडा खरिदसम्वन्धमा भएको अनियमितता सम्बन्धी समाचार प्रकाशित गरेका थिए। सो समाचारपछि प्रहरीले ठेकेदारलाई पक्राउ गरेको थियो।
पत्रकार पन्तले लेखेको कोरोना विपत्तिको समयमा समेत सांसद र उनीहरूका पीएले दसैँ भत्ता लिएको समाचार प्रकाशित गरेपछि भत्ता फिर्ता भएको थियो।
इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरू मध्येबाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ट ठहर गरेको विज्ञप्तिमा उल्लेख छ।
फागुन ३, २०७७ सोमबार १०:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।