अभिव्यक्ति स्वतन्त्रता कुण्ठित नगर्न सरकारलाई काँग्रेसको चेतावनी
संसद्मा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरूपमा ब्युँताउन लागेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो।
संसद् विघटन भएको समयमा ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ जारी गर्न लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको काँग्रेसले बताएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति निकालेर कामचलाउ सरकारले नागरिक अधिकारलाई प्रभावित गर्ने गरी कुनै पनि कार्यकारी आदेशबाट निर्देशिका जारी गर्न हुँदैन, मिल्दैन र पाइँदैन भनेका छन्।
विज्ञप्ति मार्फत प्रवक्ता शर्माले प्रस्तावित निर्देशिकाको प्रक्रिया अघि नबढाउन सरकारलाई चेतावनी दिएका छन्। काँग्रेसले आजको देशव्यापी प्रदर्शनमा यो मुद्दालाई थप उजागर गर्ने उनले बताएका छन्।
यस विरुद्ध समयमै सजग बन्न अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई काँग्रेसले आग्रह गरेको छ।
फागुन ३, २०७७ सोमबार ०८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।