पार्टी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

पार्टी महाधिवेशनबारे छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज (आइतबार) विज्ञप्ति जारी गर्दै फागुन ५ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जनाएका छन्। 

पार्टीको १४ औं महाधिवेशन बैठकको मुख्य एजेन्डा रहेको पार्टी कार्यालयका मुख्यसचिव पौडेलले जानकारी दिए। यससँगै बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुने उनले बताए। 

फागुन २, २०७७ आइतबार १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।