भालुको पित्तसहित पक्राउ 

भालुको पित्तसहित पक्राउ 
तस्बिर : महानगरीय अपराध महाशाखा।

महानगरीय अपराध महाशाखाका अनुसार आज (आइतबार) बुढानिलकण्ठ नगरपालिका–७, विष्णुमति चोकबाट संखुवासभा चिचिला गाउँपालिका–२ घर भई बुढानिलकण्ठ बस्ने ३२ वर्षीय बिगुल राई पक्राउ परेका हुन्।  

भालुको पित्त बिक्री वितरण गर्नका लागि लुकाइछिपाइ ल्याएको सूचनाका आधारमा अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले दिउँसो १२ः१५ बजे राईलाई पक्राउ गरेको हो। उनको साथबाट १०३ ग्राम तौलको दुई थान भालुको पित्त र एक थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। 

राईले प्रतिग्राम २५ हजार रूपैयाँको दरले भालुको पित्त बिक्री वितरण गर्ने उद्देश्यले ल्याएको प्रहरीको दाबी छ। 

फागुन २, २०७७ आइतबार १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।