मनाङको जंगलमा फेरि आगलागी 

मनाङको जंगलमा फेरि आगलागी 
फाइल तस्बिर।

काठमाडौं : मनाङको जंगलमा फेरि आगलागी भएको छ। मनाङ ङिस्याङ गाउँपालिका–२, घ्यारुस्थित मुखुङ सामुदायिक वनमा आगलागी भएको हो। 

गाउँपालिका अध्यक्ष कान्छा घलेले चार दिनअघि जंगलमा आगो लागेको जानकारी दिए।

‘जंगलमा आगलागी भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको टोली नियन्त्रणमा खटिएको र धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ,’ उनले भने। 

आगलागीबाट मानवीय तथा पशुचौपायामा क्षति नपुगेको बताइएको छ। 

यसअघि गत मंसिर ११ गते मनाङको चामे गाउँपालिका–२ को जंगलबाट सुरु भएको आगलागी नासो गाउँपालिका–८ को जंगलसम्म फैलिएको थियो।

उक्त आगलागी गत माघ २३ गते परेको हिमपातपछि निभेको थियो। 

फागुन २, २०७७ आइतबार १५:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।