पत्रकार महासङ्घलाई ट्रेड युनियनको रूपमा अगाडि बढाउन माग

पत्रकार महासङ्घलाई ट्रेड युनियनको रूपमा अगाडि बढाउन माग

काठमाडौँ - नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशको प्रथम साधारण सभामा महासङ्घलाई ट्रेड युनियनको रूपमा अगाडि बढाउन माग गरिएको छ। 

साधारण सभाका वक्ताहरूले अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधि बढेकाले त्यस विरुद्ध महासङ्घ सशक्त रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए।

कानुनी रूपमा खुम्च्याउने अभ्यास भइरहेकोमा साधारण सभाका सहभागीहरूले महासङ्घ नेतृत्वको ध्यानाकर्षण गराएका छन्। 

महासङ्घका पदाधिकारीले प्रेस स्वतन्त्रता विरोधी जस्तोसुकै कानुन र कदम विरुद्ध महासङ्घ डटेर लाग्ने वचन दिएका छन्।

महासङ्घले फागुन ४ र ५ गते काठमाडौँमा केन्द्रीय अधिवेशन गर्दै छ।

साधारण सभामा महासङ्घका केन्द्रीय  अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल लगायतको सहभागिता थियो। 

फागुन २, २०७७ आइतबार १३:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।