भागरथीको हत्या घटना : न्यायका निम्ति दिनहुँ प्रदर्शन
काठमाडौँ - बैतडीकी किशोरी भागरथी भट्टको न्यायका निम्ति दिनहुँ प्रदर्शन भइरहेको छ। उनको बलात्कारपछि हत्या गर्ने पक्राउ परेका छैनन्।
घटनाको अनुसन्धान गरिरहेको बाहेक ट्वाक्कै भन्ने केही नभएको बताउँछन् नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवर। प्रमाण जुटाउने, प्राविधिक विश्लेषणको काम भइरहेपनि 'हिट' गर्ने केही नभएको प्रवक्ता कुँवरले बताए।
घटनामा संलग्नको नजिक नजिक पुगेको भनिए पनि भागरथीको बलात्कारपछि हत्या गर्ने मान्छे पक्राउ परेका छैनन्। माघ २३ गते भएको घटनाको अनुसन्धान कञ्चनपुरकी निर्मला पन्त बलात्कारपछि हत्या गर्ने पक्राउ गर्न नसक्ने त होइन भन्दै जुलुस निस्किरहेका छन्।
भागरथीको न्यायका निम्ति नेपाल विद्यार्थी सङ्घले पद्मकन्या क्याम्पस बागबजारमा जुलुस निकालेको छ। नेविसंघले निर्मला पन्त र सम्झना विकको हत्या गर्नेलाई राज्यले संरक्षण गरेका कारण भागरथीको बलात्कार र हत्या भएको आरोप लगाएको छ।
दबाब मूलक विरोध प्रदर्शनमा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले वर्तमान सरकारले बलात्कार र हत्या गर्नेलाई संरक्षण दिएकै कारण अपराधी पक्राउ पर्न नसकेको आरोप लगाएका छन्।
फागुन २, २०७७ आइतबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।