काँग्रेस सभापति देउवा रुपन्देही र वरिष्ठ नेता पौडेल धादिङ जाने
काठमाडौँ - प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेसले भोलि (सोमबार) ७७ जिल्लामा गर्ने विरोध प्रदर्शनमा केन्द्रीय नेताहरू सहभागी हुने भएका छन्।
रुपन्देहीमा हुने विरोध प्रदर्शनपछिको सभामा काँग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलको निजी सचिवालयले जनाएको छ।
यस्तै दाङमा हुने विरोध सभामा महामन्त्री डाक्टर शंशाक कोइरालाले सम्बोधन गर्नेछन्।
ललितपुरको लगनखेलमा हुने सभामा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन अन्तर्गत भोलि देशभरका ७७ वटै जिल्लामा काँग्रेसले प्रदर्शन गर्न लागेको छ।
फागुन २, २०७७ आइतबार ०९:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।