असाधारण विकास देखेर देशी विदेशी षडयन्त्र भयो : प्रधानमन्त्री ओली 

असाधारण विकास देखेर देशी विदेशी  षडयन्त्र भयो : प्रधानमन्त्री ओली 

नेकपा ओली समूहले रुपन्देहीमा गरेको जनसभामा ओलीले सरकारले गरेको असाधारण विकास देखेर देशी विदेशी षडयन्त्र भएको आरोप लगाएका हुन्। 

‘यो सरकारको कामसँग डराएर षडयन्त्र भयो, अब डेढ २ वर्ष काम गर्न दिँदा अरूका बाकस रित्तिनै डरले षडयन्त्र भयो’ उनले भने।  उनले जनताकाबिचमा जाँदा नेकपाको बासक भरिने र अरूका बाकस खाली हुने डरका कारण देशी विदेशी षडयन्त्र भएको दाबी समेत गरे। 

उनले सरकारले तीन वर्षमा गरेका कामको समीक्षा फागुन ३ गते सार्वजनिक गर्ने बताए। सिंहदरबारबाट सरकारले तीन वर्षमा गरेका कामको समीक्षा सार्वजनिक गर्ने जानकारी दिएका हुन्। सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय काम गरेको दाबी पनि गरे। 

‘मानिसको मृत्युदर घटेको छ, आयु लम्बिएको छ,’ उनले भने, ‘नेपालमा कसैले नसुनेको फोरजी सेवा सुरु गरेका छौ।’ उनले पहाडमा ज्याकेट र तराईमा कम्मल बाढेर मानिसको मृत्यु हुन नदिने बताए। 

उनले विकासको अगुवाइ गर्ने ओलीलाई लखेट्ने काममा विरोधीहरू लागेको बताए। नेकपा दाहाल नेपाल समूह शासन सत्ता कब्जा गर्न लागेको आरोप ओलीको छ। उनले वैशाखमा हुने चुनाव कसैले रोक्न नसक्ने बताए। 

उनले सूर्य चिन्ह निर्वाचन आयोगमा दर्ता गराउने आफू नै भएको दाबी गरे। कुन आधिकारिक भन्ने छलफल गरिरहनु पर्ने विषय नै नभएको उनको भनाई छ। 

फागुन १, २०७७ शनिबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।