लोकतन्त्र जोगाउन लोकतन्त्रवादी सशक्त ढंगले प्रस्तुत हुने बेला आयो : पौडेल
संसद् विघटनको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा फागुन ३ गते आयोजना गर्न लागेको प्रदर्शनमा सहभागी हुनका लागि भिडियो अपिल जारी गर्दै उनले सरकारका पछिल्ला काम कारबाही हेर्दा मुलुकलाई निरकुंशतातर्फ धकेल्ने उद्देश्यले संसद भंग भएको पुष्टि हुँदै गएको बताएका हुन्।
सरकारले एकपछि अर्को गर्दै निरकुशंतातर्फ पाइला चालिरहेको बताउँदै नेता पौडेलले यसविरुद्ध कडारुपमा प्रतिकार गर्नुपर्ने बताए।
फागुन १, २०७७ शनिबार १३:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।