काठमाडौंका विभिन्न ठाउँमा आज बिजुली काटिने  

काठमाडौंका विभिन्न ठाउँमा आज बिजुली काटिने  

काठमाडौं : काठमाडौंका विभिन्न ठाउँमा आज बिजुली काटिने भएको छ।  

नेपाल विद्युत प्राधिकरणका अनुसार लगनखेल वितरण केन्द्रको चापागाउँ फिडरअन्तर्गत पर्ने चापागाउँ दोबाटो , साङ्पाङ चोक, ढोलाहिटी, सुनाकोठी, धापाखेल दोबाटो, ठेचो, चापागाउँ, टाखेल, लेले, टीकाभैरव, गोट्टिखेल, माल्टा, दक्षिण ललितपुर एरियामा बिजुली काटिने भएको हो। 

उक्त स्थानमा लाइन मर्मत गर्न आज दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत प्रवाह रोकिने प्राधिकरणले जनाएको छ। 


 

फागुन १, २०७७ शनिबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।