आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं : आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, देशका केही क्षेत्रमा हल्का वर्षा हुने मौसमविद्ले जनाएका छन्।
देशका अधिकांश स्थानको मौसम आज बिहानैदेखि बदली हुने महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीकाे सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
काठमाडौं उपत्यकाको मौसम भने आंशिक बदली हुने भएको छ।
तराई क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको छ। दिउँसो कुहिरो केही हटे पनि मौसम पूरै खुल्ने सम्भावना नरहेको महाशाखाको अनुमान छ।
फागुन १, २०७७ शनिबार ०८:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।