सेयर विवादमा लट्ठीले हानेर भिनाजुको हत्या
धनुषा : क्षिरेश्वर डिस्टिलरीका सञ्चालक प्रमोद रेग्मीको हत्या उनकै सालोले गरेको प्रहरीले सार्वजनिक गरेको छ। दुई हप्ता अगाडि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा रहेको कोठामा उनको शव फेला परेको थियो।
प्रहरीले शुक्रवार सार्वजनिक गरेको विवरण अनुसार उनको सालो नीरज खातीले हत्या गरेको उल्लेख छ। रेग्मीसँग डिस्टिलरीको सेयरबारे विवाद रहेको थियो। सेयर विवादकै विषयमा दुबैबिच मनमुटाब भएको थियो। प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार मिश्रका अनुसार सेयर लगानीसम्बन्धी विवाद बढेपछि उनले भिनाजुलाई अधिक मदिरा पिलाएर लट्ठीले हानेर रेग्मीको हत्या गरेका थिए।
प्रहरीले उनलाई हत्या आरोपमा पक्राउ गरिसकेको छ। प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गरेको थियो।
माघ ३०, २०७७ शुक्रबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।