भ्रष्टाचारको बढी उजुरी पर्ने टप १० मन्त्रालय, सङ्घीय मामिला सबैभन्दा अगाडि

भ्रष्टाचारको बढी उजुरी पर्ने टप १० मन्त्रालय, सङ्घीय मामिला सबैभन्दा अगाडि

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको प्रतिशतको आधारमा सबैभन्दा धेरै चलखेल सङ्घीय मामिला मन्त्रालय र स्थानीय निकायमा हुने गरेको देखिएको छ।

तीसौ प्रतिवेदन अनुसार आयोगमा आएका १६ हजार १६ पाँच सय ९६ उजुरीमध्ये सङ्घीय र स्थानीय निकायबारे मात्र पाँच हजार ४ सय ४६ वटा छन्। प्रतिशत हेर्ने हो भने यो ३० हो।

गत आर्थिक वर्ष हेर्न नभ्याएर यो आर्थिक वर्षमा सरेका समेत गरी सङ्घीय सम्बन्धी सात हजार पाँच सय ६३ उजुरी सङ्घीय मन्त्रालय र स्थानीय निकायबारे आएका थिए।

पाँच वर्षमा आएका उजुरी हेर्ने हो भने शिक्षा क्षेत्रबारे सबैभन्दा धेरै उजुरी पर्ने गरेको थियो। तर सङ्घीयताको कार्यान्वयनसँगै अहिले सङ्घीय मामिला र स्थानीय निकायबारे आउने उजुरीको सङ्ख्या मात्र एक तिहाइ रहेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ। 

पाँच वर्षदेखि धेरै उजुरी आउने तीन क्षेत्रमा सङ्घीय मामिला, शिक्षा र भूमि नै देखिन्छ।

दोस्रोमा शिक्षा मन्त्रालय रहेको छ।  यो वर्ष शिक्षा मन्त्रालय र विद्यालयसम्बन्धी २ हजार ६ सय ९० उजुरी परे। गत वर्षको एक हजार ४ सय २६ समेत यही वर्ष सरेको थियो।

तेस्रोमा भूमि प्रशासन, चौथोमा वन तथा वातावरण, छैटौँमा गृह प्रशासन, साताैमा भौतिक पूर्वाधार, आठौमा ऊर्जा, जलस्रोत, नवौँमा अर्थ मन्त्रालय रहेको छ।

विषयगत हेर्ने हो भने सबैभन्दा धेरै उजुरी नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी देखिन्छ। यो वर्ष नक्कली शैक्षिक प्रमाणपत्रबारे मात्र चार सय १६ वटा उजुरी दर्ता भएका थिए। 

गैर कानुनी सम्पत्ति आर्जन सम्बन्धी ७ सय ९० वटा र अन्य क्षेत्रबारे २ हजार २३ वटा उजुरी अख्तियारमा दर्ता भएको प्रतिवेदनमा उल्लेख छ।

माघ ३०, २०७७ शुक्रबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।