'सिंहदरबार महिला मार्चमा' सहभागी हुन  बृहत् नागरिक आन्दोलनको आह्वान

'सिंहदरबार महिला मार्चमा' सहभागी हुन  बृहत् नागरिक आन्दोलनको आह्वान

काठमाडौँ - बलात्कारका घटना विरुद्ध बृहत् नागरिक आन्दोलनले आज (शुक्रवार) काठमाडौँमा सिंहदरबार महिला मार्च गर्ने जनाएको छ।

आन्दोलनले बलात्कारका घटना विरुद्ध ‘सिंहदरबार महिला मार्च’ गर्न लागेको हो। सिंहदरबार मार्चमा सहभागी बृहत् नागरिक आन्दोलनले आग्रह गरेको छ।

नागरिक आन्दोलनले विज्ञप्ति निकालेर दिउँसो २ बजे वसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म महिला मार्च गर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ।

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको एक हप्ता बितिसक्दा पनि उनका हत्यारा पक्राउ परेका छैनन्। आफन्तले शव बुझेका छैनन्।

माघ ३०, २०७७ शुक्रबार ०९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।