चीनमा बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध

चीनमा  बीबीसी  वर्ल्ड न्युज  प्रसारणमा  प्रतिबन्ध

काठमाडौँ : चिनियाँ सरकारले आफ्नो देशभित्र बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध लगाएको छ।

चीनको टेलिभिजन तथा रेडिओसम्बन्धी नियामक निकायले बीबीसी वर्ल्ड न्युज प्रसारणमा प्रतिबन्ध लगाएको हो। 

कोरोनाभाइरस महामारी र आदिवासी उइगर अल्पसङ्ख्यक विरुद्ध गरिएको दमनबारे गरेका रिपोर्टिङको चीनले आलोचना गरेको बीबीसीले उल्लेख गरेको छ।

सञ्चारमाध्यमसम्बन्धी ब्रिटिस नियामक निकाय अफकमले युकेमा चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) को प्रसारण अनुमति खारेज गरेपछि चीनले पछिल्लो कदम चालेको हो।

माघ ३०, २०७७ शुक्रबार ०७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।