संसद् विघटन मुद्दामा सभामुख पक्षतर्फको बहस सकियो
काठमाडौं : सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी संसद् विघटन मुद्दामा सभामुखको पक्ष तर्फको बहस सकिएको छ।
संवैधानिक इजलासको २२ औं दिन आज (बिहीबार) सभामुखका पक्षबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, अधिवक्ताहरू श्रीकृष्ण सुवेदी र लवप्रसाद मैनालीले बहस गरेका छन्।
अब आइतबार रिट निवेदकका तर्फको जवाफी बहस हुनेछ।
जवाफी बहसमा बढीमा ५ जनालाई बहस गर्न दिइने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले बताए।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा १३ रिट परेका थिए।
माघ २९, २०७७ बिहीबार १८:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।