‘सरकारले झाँक्रीलाई पक्राउ गरेर सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखायो’ 

‘सरकारले झाँक्रीलाई पक्राउ गरेर सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखायो’ 
तस्बिर : डा. शेखर कोइरालाको ट्विटर ह्याण्डलबाट।

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन्। 

उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो आरोप लगाएका हुन्। ‘अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको छ,’ उनले आफ्नो ट्विटर ह्याण्डलमा ट्विट गरेका छन्।

मुलुकी (अपराध) संहिताको दफा ५८ अनुसार राज्य विरुद्धको कसुर गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले आज झाँक्रीलाई पक्राउ गरेको हो। 

नेता कोइरालाले झाँक्री पक्राउको भत्सर्ना गर्दै उनलाई तत्काल रिहाइ गर्न माग गरेका छन्। 

माघ २९, २०७७ बिहीबार १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।