पक्राउ परेपछि झाँक्रीको प्रतिक्रिया– साथीहरू धैर्य गर्नुहोला, यो अन्तिम लडाइँ हो
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीले आफू पक्राउ परेपछि सबैलाई धैर्य रहन आग्रह गरेकी छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो प्रतिक्रिया दिएकी हुन्। उनले लेखेकी छन्, ‘...सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाइँ हो। आफ्नो ठाउँबाट जुटौं।’
झाँक्रीलाई मुलुकी (अपराध) संहिताको दफा ५८ अनुसार राज्य विरुद्धको कसुर गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले आज (बिहीबार) बिहान काठमाडौंको शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
माघ २९, २०७७ बिहीबार १५:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।