झाँक्रीको निवास बाहिर नारा, केपी विद्या बाई बाई

झाँक्रीको निवास बाहिर नारा, केपी विद्या बाई बाई

काठमाडौँ- प्रहरी टोली अहिले सत्तारुढ नेकपाको दाहाल नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीलाई पक्रन उनको घरमा पुगेको छ। महानगरीय अपराध महाशाखाको टोली झाँक्रीको काठमाडौँ शंखुमुलमा रहेको घरमा पुगेको हो। 

उनको घर बाहिर प्रहरी टोली तैनाथ छ भने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नरा लागिरहेको छ।

झाँक्रीका समर्थकले रामकुमार झाँक्री हाइहाइ, केपी विद्या बाई बाई भन्ने नारा लगाका छन्। निवासमा  पत्रकारसँग कुरा गर्दै झाँक्रीले पक्राउ पुर्जी नपाई नजाने बताएकी छन्। 

उनले राष्ट्रपति र प्रधानमन्त्री पदको नभई व्यक्तिको प्रवृत्ति अन्त्यका लागि बोलेको बताइन। ‘गणतन्त्रमा पनि यस्तो प्रवृत्ति? उनले भनिन्, यसले हामी ५० वर्ष पछाडि पर्छौ।’ 

झाँक्रीविरुद्ध महानगरीय अपराध महाशाखामा परेको उजुरीका सम्बन्धमा छलफलका लागि बोलाएको महाशाखाका प्रमुख दीपक थापाले बताए। उजुरीमा के छ? भन्ने प्रश्नमा थापाले भने, ‘उजुरी परेको छ, त्यसबारे सोधपुछ गर्न बोलाएका हौँ। 

माघ २९, २०७७ बिहीबार १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।