ओलीलाई दाहालको चेतावनी– जनताको आक्रोश र पीडालाई नबुझे सिंहदरबार र बालुवाटार घेर्नेछौं
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आक्रोश र पीडा नबुझे सिंहदरवार र बालुवाटार घेर्ने अर्को आमसभा गर्ने बताएका छन्।
संसद् विघटनको विरोधमा आज (बुधबार) काठमाडौंमा आयोजना गरिएको विरोधसभामा बोल्दै अध्यक्ष दाहालले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ ? विरोध कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’
प्रधानमन्त्री ओलीले संसद् विघटन गरी लोकतन्त्रको हत्या गरेको दाहालले आरोप लगाए।
माघ २८, २०७७ बुधबार १७:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।