लीलामणि पोखरेलको आरोप– ओली निर्वाचनबारे जानकारी लिन होइन,धम्काउन गएका थिए

लीलामणि पोखरेलको आरोप– ओली निर्वाचनबारे जानकारी लिन होइन,धम्काउन गएका थिए
फाइल तस्बिर।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माघवकुमार नेपाल समूहका नेता लीलामणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा निर्वाचनबारे जानकारी लिन नभएर धम्काउन गएको आरोप लगाएका छन्। 

दाहाल–नेपाल समूहले आज (बुधबार) राजधानीमा गरेको प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता पोखरेलले ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई धम्काएको जानकारी पाएको बताएका हुन्। उक्त घटना खेदजनक भएको उनको भनाइ छ।  

प्रधानमन्त्री ओलीसहितको टिम हिजो (मंगलबार) आयोगमा पुगेको थियो। 

संसद् विघटनको विरोधमा नेकपा दाहाल–नेपाल समूहले आन्दोलन गर्दै आएको छ। 

माघ २८, २०७७ बुधबार १६:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।