‘प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्ने वैधानिकता छैन’ 

‘प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्ने वैधानिकता छैन’ 
फाइल तस्बिर।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माघवकुमार नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि पदमा बस्ने वैधानिकता नभएको टिप्पणी गरेका छन्। 

दाहाल–नेपाल समूहले आज (बुधबार) राजधानीमा गरेको प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन्। 

चुनाव लोकतन्त्रको अभ्यास भएको बताउँदै उनले सरकारले घोषणा गरेको चुनावले लोकतन्त्रको हत्या गर्ने दाबी गरे। 

ओलीले चुनाव नगर्नकै लागि चुनाव घोषणा गरेको नेता श्रेष्ठको आरोप छ।

माघ २८, २०७७ बुधबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।