ओलीबारे समीक्षा नगरिए नयाँ महेन्द्र जन्मिन सक्छन् : शर्मा
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माघवकुमार नेपाल समूहका नेता जनार्दन शर्माले केपी शर्मा ओलीबारे समीक्षा नगरिए नयाँ महेन्द्र जन्मिन सक्ने ठाेकुवा गरेका छन्।
दाहाल–नेपाल समूहले आज (बुधबार) राजधानीमा गरेको प्रदर्शनपछि भृकुटीमण्डपमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता शर्माले ओलीबारे समीक्षा गर्न जरुरी भएको बताए।
सात दशक लामो निरंकुशता विरुद्धको संघर्षमा हजारौं घाइते र बेपत्ता भएर प्राप्त गरेको संविधान ओलीले आफ्नो पद र कुर्सीसँग साटेको उनले बताए। उनले प्रश्न गरे, ‘संघीयता कुनै सनकका भरमा साटिन सक्छ ?’
जनता विद्रोहमा उत्रेर ओलीलाई समाप्त पार्ने उनले बताए।
माघ २८, २०७७ बुधबार १५:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।