दाहाल– नेपाल सभामा प्रश्न ‘प्रधानमन्त्रीज्यू के गृहमन्त्री तपाईँको कान्छो छोरा हो?’
काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहद्वारा आयोजित विरोध प्रदर्शनमा नेतृ अञ्जना विशंखे केपी ओली नेतृत्वको नेकपामा रहेका पूर्व माओवादी नेता रामबहादुर थापाप्रति आक्रामक बनेकी छिन्।
उनले निर्मला पन्तदेखि भागरथी भट्टसम्मको बलात्कार र हत्या घटनाको अनुसन्धानमा गृहमन्त्री बादल असफल भएको तर प्रधानमन्त्री ओलीले उनैलाई च्यापेको भन्दै उनले प्रश्न सोधिन्‘ म सोध्न चाहन्छु प्रधानमन्त्रीज्यू के गृहमन्त्री तपाईँको कान्छो छोरा हो?’
उनले महिला हिंसा नियन्त्रणमा सरकार पूर्ण असफल भएको दाबी गर्दै अहिले आएर संविधान विपरीत संसद् विघटन गरेर अस्थिरता निम्त्याउने काम भएको बताएकी थिइन्। उनी पनि पूर्व माओवादी समूहकी हुन्।
माघ २८, २०७७ बुधबार १४:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।