दाहाल–नेपालको विरोध प्रदर्शनमा सोफा हट्यो, कुर्सी आयो

दाहाल–नेपालको विरोध प्रदर्शनमा सोफा हट्यो, कुर्सी आयो

काठमाडौँ : यस अगाडि भएको विरोध प्रदर्शनमा मञ्चमा आरामदायी सोफा राख्दा आलोचना भएपछि नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले आज सोफा हटाएर कुर्सी राखेका छन्।

भृकुटीमण्डपमा आयोजित विरोध प्रदर्शनमा समर्थकलाई चिसो सडकमा बसालेर नेताहरू मञ्चमा आरामदायी सोफामा बसेका थिए।

बुधवार भइरहेको विरोध प्रदर्शनमा मञ्च प्लास्टिकको कुर्सी राखेर सेतो कपडाले बेरिएको छ। कार्यक्रमलाई सकेसम्म सरल देखाउने प्रयास गरे पनि मञ्चले अझै भद्दा नै देखाएको छ।

माघ २८, २०७७ बुधबार १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।