नेकपा काभ्रेका कार्यकर्ता ओली विरुद्धको प्रदर्शनमा

नेकपा काभ्रेका कार्यकर्ता ओली विरुद्धको प्रदर्शनमा

काठमाडौँ : नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहको विरोध प्रदर्शनमा राजधानी नजिकका जिल्लाबाट पनि कार्यकर्ता र्यालीमा सहभागी भएका छन्। 

बाग्मती प्रदेशको काभ्रे जिल्ला नमोवुद्ध नगर कमिटीका कार्यकर्ता प्रतिगमनको विरुद्ध विशाल जनप्रदर्शन लेखिएको ब्यानर बोकेर दाहाल नेपालको विरोध सभामा सहभागी भएका छन्। 

उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयको विरोधमा भएको र्यालीका सहभागी भएका हुन्। काभ्रे नेकपा ओली समूहका सांसद एवं पूर्व मन्त्री गोकुल बास्कोटा निर्वाचित भएको जिल्ला हो। 

बास्कोटा निर्वाचित काभ्रेमा पनि नेकपाको दुई समूह क्रियाशील छ। नेकपा ओली र दाहाल नेपाल पक्षमा जिल्लाका नेता कार्यकर्ता विभाजित भएका छन्। जिल्लामा नभएर पूर्व एमाले नेतृत्वमा रहेको नमोवुद्ध नगर कमिटीमा समेत विभाजन देखिएको छ। 

काभ्रे जिल्लाबाट माघ २३ गते ओलीको चुनावी सभामा आएकाहरूले समर्थनमा नारा लगाएका थिए भने आज ओली विरुद्ध नारा लागेको छ।

माघ २८, २०७७ बुधबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।