ओलीको रातो आउटरको काउन्टरमा दाहाल–नेपालको कालो आउटर

ओलीको रातो आउटरको काउन्टरमा दाहाल–नेपालको कालो आउटर

काठमाडौँ : एक अर्का विरुद्ध शक्ति प्रदर्शनमा उत्रिएका नेकपाको केपी ओली समूह र पुष्पकमल दाहाल र माधव नेपाल समूहका स्वयंसेवकबिच रङको प्रतिस्पर्धा समेत सुरु भएको छ।

 

नारायणहिटी अगाडि आयोजित ओली समूहको शक्ति प्रदर्शनमा स्वयम्सेवकहरुले रातो आउटरको प्रयोग गरेका थिए। उनीहरूको आउटरमा ओलीको तस्बिर अङ्कित थियो।

आजको सभामा सहभागीहरूले प्रतिगमन मुर्दावाद लेखेको कालो आउटर लगाएका छन्।  

प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनमा रहेको दाहाल-नेपाल समूहले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट निकालेको र्याली सभा स्थल भृकुटीमण्डप पुगिसकेको छ। 

माघ २८, २०७७ बुधबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।