काठमाडौँ उपत्यकाका दुई ठाउँबाट १० लाख बराबरको चोरी
काठमाडौँ : काठमाडौँ उपत्यकाका दुई छुट्टा छुट्टै ठाउँमा चोरी भएको छ। बुढानीलकण्ठ नगरपालिका मिलन चोक र ललितपुरको सिंचाहिटीमा चोरी भएको उजुरी परेको प्रहरीले जनाएको छ।
मिलनचोकमा डेरा गरी बस्ने होम बहादुर सुनुवारको कोठाबाट ६ लाख २ हजार ५ सय रुपैयाँ बराबरको चोरी भएको उजुरी परेको प्रहरी जनाएको छ।
यस्तै ललितपुर महानगरपालिका वडा नम्बर ६ सिंचाहिटीमा डेरा गरी बस्ने रामकुमार श्रेष्ठको कोठामा पनि चोरी भएको उजुरी परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठको कोठाबाट ४ लाख २४ हजार रुपैयाँ बराबरको चोरी भएको छ। चोरीमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
माघ २८, २०७७ बुधबार ०८:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।