केयुकेएलको अध्यक्षमा खत्री

केयुकेएलको अध्यक्षमा खत्री

काठमाडौं : काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को अध्यक्षमा तिरेशप्रसाद खत्री चयन भएका छन्। 

मंगलबार बसेको केयुकेएल बोर्ड बैठकले खत्रीलाई अध्यक्षमा चयन गरेकाे हाे। सरकारको सहसचिवसमेत रहेका खत्री मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख हुन्। 

केयुकेएलको सेयर सदस्यमा नेपाल सरकारसहित काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित उपत्यकाका १६ वटै नगरपालिका छन्। 

माघ २७, २०७७ मंगलबार २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।