सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं : सरकारले तामाङ समुदायले मनाउँदै आएको पर्व ‘सोनाम ल्होसार’का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषदु बैठकले आगामी शुक्रबार मनाइन लागिएको ‘सोनाम ल्होसार’का अवसरमा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले आज (मंगलबार) जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र विदेशस्थित नेपाली नियोगहरूमा बिदा दिने’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
माघ शुक्ल प्रतिपदालाई तामाङ समुदायले सोनाम ल्होसारका रूपमा मनाउँछन्।
माघ २७, २०७७ मंगलबार २१:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।