बलात्कार गर्नेलाई १८ वर्ष कैद फैसला
काठमाडौं : जिल्ला अदालत, लमजुङले १३ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग लागेका एक युवकलाई दोषी ठहर गर्दै १८ वर्ष कैद सजाय सुनाएको छ। यस्तै, अदालतले पीडित किशोरीलाई ५० हजार रूपैयाँ दिनसमेत आदेश दिएको छ।
न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले मध्यनेपाल नगरपालिका–६, भोर्लेटारका २५ वर्षीय सोनम धिंगाललाई १८ वर्ष कैद सजायसँगै ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको हो।
यसअघि गत जेठ २० गते न्यायाधीश ढुंगानाको इजलासले धिंगाललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
धिंगालले किशोरीलाई साँझ मकैबारीमा लगेर बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको छ। बलात्कारपछि फरार धिंगाललाई प्रहरीले वैशाख ३० गते तनहुँको दमौलीबाट पक्राउ गरेको थियो।
माघ २७, २०७७ मंगलबार २०:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।