प्रेस युनियनको केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्न प्रस्ताव 

प्रेस युनियनको केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्न प्रस्ताव 

काठमाडौं : नेपाल प्रेस युनियन, काठमाडौं शाखाले केन्द्रीय महाधिवेशनको आयोजक बन्ने प्रस्ताव गरेको छ।

शाखा अध्यक्ष जगन्नाथ दुलालको अध्यक्षतामा आज (मंगलबार) बसेको कार्यसमिति बैठकले महाधिवेशनको आयोजनाका लागि केन्द्रीय समितिलाई आग्रह गर्ने निर्णय गरेको हो। 

बर्दियामा सम्पन्न केन्द्रीय समिति बैठकले आगामी जेठ १३ र १४ गते केन्द्रीय महाधिवेशन आगामी जेठ गर्ने तय गरे पनि स्थान भने तोकेको थिएन। केन्द्रीय समितिले स्थान नतोकेको अवस्थामा काठमाडौंले आयोजक बन्ने प्रस्ताव गरेको हो। 

अध्यक्ष दुलालले केन्द्रीय महाधिवेशनका लागि सबैलाई काठमाडौं सहज हुने र झण्डै आधा महाधिवेशन प्रतिनिधि काठमाडौ र आसपासमै रहेकाले महाधिवेशनको खर्च पनि कम हुने र व्यवस्थापन पनि सहज हुने बताएका छन्। 

त्यस्तै, बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगरिरहेका सञ्चार गृहलाई तत्काल कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराएको छ। 

माघ २७, २०७७ मंगलबार १८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।