२४ घण्टामा थप १६० जनामा कोरोना संक्रमण, २ को मृत्यु  

२४ घण्टामा थप १६० जनामा कोरोना संक्रमण, २ को मृत्यु  

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रममण देखिएको छ।

उक्त अवधिमा २ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार देशभर कूल संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १६ पुगेको छ। तीमध्ये २ लाख ६८ हजार ४ सय ३१ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा थप १ सय ६५ कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। 

उक्त अवधिमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

माघ २७, २०७७ मंगलबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।