मन्त्रिपरिषद् निर्णय : पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गरिने
काठमाडौं : सरकारले पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पहिलो चरणमा वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो।
यस्तै, दोस्रो चरणमा वैशाख २७ गते प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन्।
मन्त्रिपरिषद्को सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन्।
उक्त कदम असम्बैधानिक भएकाे भन्दै संसद् विघटनविरुद्ध सर्वाेच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए।
उक्त रिटहरूमाथि सर्वाेच्चको संवैधानिक इजलासमा बहस जारी छ।
माघ २७, २०७७ मंगलबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।