छुरा प्रहारबाट युवती गम्भीर घाइते
काठमाडौँ : काठमाडौँको बालाजु औद्योगिक क्षेत्रमा केटाले छुरा प्रहार गरेका छन्। सोमबार राती केटाले छुरा प्रहार गर्दा युवती गम्भीर घाइते भएकी छन्।
छुरा प्रहारबाट घाइते युवतीको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाव बालाजुले जनाएको छ। छुरा हान्ने केटालाई प्रहरीले पक्राउ गरेको छ।
छुरा हान्ने केटा र घाइते युवतीको नाम प्रहरीले गोप्य राखेको छ। युवतीका आफन्त अहिले बालाजु प्रहरी कार्यालय पुगेर छुरा हान्ने केटालाई कडा कानुनी कारबाही गर्न माग गरिरहेका छन्।
माघ २७, २०७७ मंगलबार १२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।