भागरथी हत्यामा संलग्न अपराधी उम्कन पाउँदैन : गृहमन्त्री थापा
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले भागरथी भट्टको हत्यामा संलग्न अपराधीको नजिक पुगेको बताएका छन्। नेपाल विद्यार्थी सङ्घको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले भागरथी हत्या घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अपराधी उम्कन नपाउने बताए।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाका अनुसार गृहमन्त्री थापाले अनुसन्धानको टोली बैतडीमै रहेको भन्दै गंभिर भएर अनुसन्धान भइरहेको बताए। उनले घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन सबैलाई सहयोग गर्न आग्रह गरेका महामन्त्री तिमल्सिनाले जानकारी दिए।
उसले बैतडीको दोगडाकेदारकी १७ बर्षिया भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ।
निर्मला पन्त र सम्झना विकको बलात्कार गरी हत्या घटनाका अपराधीलाई तत्काल कारबाही गर्ने कुरामा कमजोरी भएको भन्दै यस्ता अमानवीय र क्रूर घटनाले प्रश्रय पाउँदै गएको ठहर नेविसंघले गरेको छ।
माघ २७, २०७७ मंगलबार ०९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।