सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली
काठमाडौँ : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू भागमा मौसम आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको छ।
तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको मौसमविद् सविना शाक्यले जानकारी दिइन। पश्चिमी बायुको सामान्य प्रभाव परेकाले पश्चिमी उच्च पहाडी तथा हिमाली भू भागमा हल्का हिमपातको सम्भावना रहेको शाक्यले बताइन।
सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा राती आंशिक देखि सामान्य बदली रहने अनुमान विभागले गरेको छ। आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ भने अहिले तापक्रम बढेर ५ डिग्री सेल्सियस पुगेको छ।
माघ २७, २०७७ मंगलबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।