माउन्ट केटुको कीर्तिमानी आरोहीलाई पोखरामा नागरिक अभिनन्दन
काठमाडौं : विश्वकै दोस्रो सर्वाेच्च शिखर माउन्ट केटुको कीर्तिमानी आरोहीलाई कास्कीको पोखरामा नागरिक अभिनन्दन गरिएको छ।
आरोहणमा कीर्तिमान राखेर प्रदेशको पहिचान बनाएको भन्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पुर्जा ‘निम्स’सहितको टोलीलाई नागरिक अभिनन्दन गरिएको हो।
उक्त टोलीलाई पोखरा पर्यटन परिषद् (पिटिसी)को आयोजनामा नागरिक अभिनन्दन गरिएको हो।
निर्मलसहित मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले यही माघ ३ गते साँझ ५ः४५ मा केटुको आरोहण गरेका थिए। उक्त टोलीले हिउँदयाममा पहिलो पटक माउन्ट केटुको सफल आरोहणको कीर्तिमान कायम गरेकाे थियाे।
पाकिस्तान र चीनको सिमानामा अवस्थित माउन्ट केटु ८ हजार ६ सय ११ मिटर अग्लो छ।
माघ २६, २०७७ सोमबार १९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।