डडेलधुरा र सिन्धुलीमा भरुवा बन्दुकसहित पाँचजना हिरासतमा
काठमाडौं : डडेलधुरा र सिन्धुलीमा भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार डडेलधुराबाट दुई र सिन्धुलीबाट तीन जना पक्राउ परेका हुन्। डडेलधुराको आलिताल गाउँपालिका–८ स्थित गंगामाला सामुदायिक वनबाट १ थान भरुवा बन्दुक र ३३ थान छर्रासहित स्थानीय २६ वर्षीय भीमबहादुर बोहरा र अर्का एक जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय, जोगबुढाबाट खटिएको प्रहरीले उक्त हतियारसहित फेला पारी उनीहरूलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–९, भिमानबाट १ थान भरुवा बन्दुक र करिब ५० ग्राम बारुदसहित हरिहरपुरगढी गाउँपालिका–३ बस्ने ५१ वर्षीय सार्कीमान लोप्चन, ३७ वर्षीय छेवाङ लोप्चन र ४० वर्षीय पासाङ लोप्चन पक्राउ परेका छन्।
काठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको बा.५ च २९८४ नम्बरको कारलाई इलाका प्रहरी कार्यालय, भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाएर राखेको अवस्थामा उक्त हतियार फेला पारी हिरासतमा राखिएकाे प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
माघ २६, २०७७ सोमबार १९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।