स्रोत नखुलेको २२ लाख रूपैयाँसहित पक्राउ

स्रोत नखुलेको २२ लाख रूपैयाँसहित पक्राउ

काठमाडौं : रौतहटमा स्रोत नखुलेको करिब २२ लाख रूपैयाँसहित एकजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार गौर नगरपालिका–४, स्थित बसपार्क नजिकैबाट परोह नगरपालिका–१ जिँगडवा बेलबिछुवाका २७ वर्षीय मोहमद दिलसाद आलम आज (सोमबार) पक्राउ परेका हुन्।

स्कुटरमा सवार आलमको साथबाट २१ लाख ९० हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ, जसमा १ हजार रूपैयाँ दरका १ हजार ८ सय १० नोट छन्। यस्तै, ५ सय दरका ४ सय ८०, १ सय दरका ३ सय, ५० दरका १ हजार ८ सय, २० दरका ९ सय १ र १० रूपैयाँ दरका २ सय नोट छन्।  

यस्तै, आलमको नाममा ३१ लाख १६ हजार रूपैयाँको चेकसमेत बरामद भएको प्रहरीले जनाएको छ। आलमलाई सम्पत्ति शुद्धीकरण विभागमा आवश्यक कारबाहीका लागि पठाइएको बताइएको छ। 

माघ २६, २०७७ सोमबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।