बारामा महिला हत्या : श्रीमानले  शव देखेपछि खबर गरे

बारामा महिला हत्या : श्रीमानले  शव देखेपछि खबर गरे

बैजनाथ कुशवाह र कान्तिदेवी मठुवाटोलमा रहेको घरमा बस्दै आएका थिए। बेलुका ९ बजेतिर खाना खाएर श्रीमान् बैजनाथ बाहिर निस्केका र केही बेरमा फर्केर घरमा जाँदा बीभत्स देखेपछि स्थानीयलाई खबर गरेका थिए। 

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम मिश्रले बीभत्स देखेपछि बैजनाथले हार गुहार गरेका र स्थानीयले प्रहरीमा खबर गरेका जानकारी दिए। हत्या घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले बताए। 

अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको पनि प्रयोग गरिएको छ। तर, हत्यामा संलग्न व्यक्तिको पुष्टि गरेर सार्वजनिक नगरेको डिएसपी मिश्रले उकेरालाई जानकारी दिए। 

बैजनाथ र कान्तिदेवीका ३ छोरा र एक छोरी छन्। उनीहरू चारै जना अध्ययनका लागि जिल्ला बाहिर बस्ने र घरमा श्रीमान् श्रीमती मात्रै बस्दै आएको जानकारी पाएको डिएसपी मिश्रले जानकारी दिए। श्रीमानको उमेर अन्दाजी ५० वर्ष रहेको छ। 

माघ २६, २०७७ सोमबार १३:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।