फिल्मका छायाकार आफ्नै अफिसमा मृत फेला

फिल्मका छायाकार आफ्नै अफिसमा मृत फेला

दुई दिन देखि ढोका नखोलेको र उनले चढ्ने बाइक अफिस बाहिरै रहेको भन्दै प्रहरीमा स्थानीयले खबर गरेका थिए। 

स्थानीयको जानकारी आएपछि गएको प्रहरी टोलीले ढोका फोरेर हेर्दा अधिकारी झुन्डिएको अवस्थामा मृत फेला परेका गोङ्गबु प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए। 

उनको मृत्युको कारण खुलेको छैन। आइतबार दिउँसो ३ बजेतिर मृत फेला परेका अधिकारीको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। 

अधिकारी मृत्युको घटना महानगरीय प्रहरी प्रभाव महाराजगन्जमा दाखिला गरिएको विष्टले बताए। थप अनुसन्धान महाराजगन्ज प्रहरीले गर्नेछ। 

आफैले सञ्चालन गरेको जे सिका फिल्म प्रालिको कार्यालयमा जनक अधिकारीको आत्माले शान्ति पाओस् भनेर प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।

माघ २६, २०७७ सोमबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।