पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप 

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना खोप 

स्वास्थ्यकर्मी, सफाइकर्मीलाई लगाएर उब्रिएको कोरोना खोप आज (सोमबार)बाट पत्रकार र कूटनीतिक नियोगमा कार्यरतलाई लगाउन सुरु भएको हो। 

पत्रकारलाई काठमाडौँमा सिभिल अस्पतालबाट लगाउन थालिएको हो। पहिलो प्राथमिकतामा परेका ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने भनिए पनि १ लाख ८४ हजारले मात्रै खोप लगाएपछि उब्रिएको खोप ३ लाख जनालाई लगाउने सरकारको तयारी छ। 

 

माघ २६, २०७७ सोमबार ११:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।