भन्सार छली गरी ल्याइएका टर्चलाईट बरामद 

भन्सार छली गरी ल्याइएका टर्चलाईट बरामद 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ चन्द्रागिरि न.पा.वडा न.२ नागढुंगा स्थित चेक प्वाइन्टबाट भन्सार छली गरेको टर्चलाईट बरामद गरेको हो। 

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ना. ५ ख ५७५६ नं. को यात्रुवाहक बसको पछाडिको डिकीमा भ्याट बिल बिनाको लुकाई छिपाई भन्सार छली गरी ल्याउँदै गरेको  टर्चलाईट चार सय थान बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएका टर्चलाईटहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय सानो गौचरण, काठमाडौँमा पठाएको जनाएको छ। 

माघ २६, २०७७ सोमबार ०९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।