नेकपा दाहाल-नेपाल समूहको शिक्षक भेला हुँदै 

नेकपा  दाहाल-नेपाल समूहको शिक्षक भेला हुँदै 

प्रतिनिधिसभा विघटनपछि नेकपा दाहाल-नेपाल समूहले शिक्षकहरूको भेला गर्न लागेको हो। विघटनविरुद्ध माघ २८ गते काठमाडौँमा विरोध सभा गर्न लागेको उसले सभामा सहभागी हुन सबैलाई आव्हान गरिसकेको छ। 

देशभरका शिक्षकहरूलाई दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। सापकोटाका अनुसार शिक्षकहरूको एक दिने भेलासँगै प्रशिक्षण पनि हुनेछ। 

माघ २६, २०७७ सोमबार ०८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।